समाचार

नक्कली नागरिकता बनाउने ३ जना पक्राऊ



जनकपुर, २ पौष ।  जनकपुरमा नक्कली नागरिकता बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई दिनपछि थप ३ जना नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।