Banner News

प्रधानमन्त्री ओलीद्वारा निर्धक्क भई आफ्नो कुरा राख्न सदस्यलाई निर्देशन



काठमाडौं, २ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भई आफ्नो कुरा राख्न र कुनै सदस्यको अभिव्यक्तिमा आपत्ति भए अध्यक्षसँग समय लिएर धारणा राख्न सदस्यहरुलाई निर्देशन दिएका छन।

राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर सदस्यहरुले धारणा राख्नेक्रम सुरु भएको छ । ११ बजेपछि पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा सचिवालय सदस्य वामदेव गौतमले प्रस्तुत गरेको ‘पुरक’ प्रतिवेदन केन्द्रित धारणा राखिरहेका छन ।

मंसिर २९ गतेको बैठकमा अध्यक्षद्वयसहित गौतमको प्रतिवेदन पेश गरिएको थियो ।