एजेन्सी, २ पौष । भारतीय कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई सन् १९८४ को सिख दंगा मुद्दामा दोषी ठहर गर्दै दिल्ली उच्च अदालतले जन्मकैदको सजाय सुनाइएको छ ।
अदालतले सज्जन कुमारलाई २०१३ अप्रिलमा पाँच जना सिखको हत्याका सबै मुद्दा खारेज गरेको थियो । त्यसपछि केन्द्रीय जाँच ब्यूरोले यो फैसलाविरुद्ध दिल्ली उच्च अदालतमा अपिल गरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार यसका अलावा क्याप्टेन भागमल, पूर्व पार्षद बलवान यादव तथा गिरधारी लाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्