काठमाडौं, २ पौष । बलिउड अभिनेत्री मनिषा कोइरालाले आत्मवृत्तान्त ‘हिल्ड’ आफ्नो जीवनको एउटा पाटोको रुपमा रहेको बताएकी छिन ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन, ‘मेरो जीवनको एक पाटो हिल्ड पुस्तकमा समेटिएको छ’ । ‘क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव पुस्तकमा समेटिएको छ ।’
उनको आत्मवृत्तान्त ‘हिल्ड’ पुस्तक पुसमा हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिने जनाएकी छिन ।
प्रतिक्रिया दिनुहोस्