समाचार

७ वर्षीया बालिकामाथि बलात्कार



धनुषा, ३ पौष  । धनुषा गणेशमान चारनाथ नगरपालिकामा ७ वर्षीया बालिका माथि बलात्कार भएको छ ।

सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाई विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका  थिए ।

छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेर स्थानीयबासीले प्रहरीलाई खबर गरी बालिकालाई उखुघारीमा रगताम्य तथा गम्भीर अवस्थामा निर्वस्त्र फेला परेका थिए ।

बालत्कृत बालिकालाई उपचारका लागी वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।