Banner News

उपभोक्ताको हितबारे सोच्न चिनी उद्योगीलाई अर्थमन्त्री खतिवडाको आग्रह



काठमाडौं, ४ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले चिनी उद्योगीहरुलाई उपभोक्ताको हितबारे सोच्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिमा बुधबार बोल्दै अर्थमन्त्री खतिवडाले उद्योगीलाई सरकारले गर्नु पर्नु सहयोग गरेको भन्दै उपभोक्ता हितबारे सोच्न उनले उद्योगीलाई आग्रह गरेका छन ।

उनले चिनी उद्योगीलाई भने, तपाईहरुले सहुलियत पाएपछि उपभोक्तालाई पनि त सहुलियत दिनुपर्छ । ‘१५ प्रतिशतबाट भन्सार महशुल बढाएर ३० प्रतिशत बनायौ, अब उद्योगीले यो कुरालाई मनन गर्नु पर्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘खुला बजार अर्थतन्त्रमा धेरै समय भने यसरी संरक्षण गर्न सक्दैनौं ।’