समाचार

शिशु हत्या गर्ने महिला पक्राउ



तनहुँ, ४ पौष ।  तनहुँमा नवजात शिशुको हत्या गर्ने एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ ।

बुधबार बिहान भानु नगरपालिका वडा नम्बर ३ दोरदोर बस्ने वर्ष ३७ की लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पुस ३ गते दिउँसो साढे ४ बजे भानु नगरपालिका वडा नम्बर ३ दोरदोर चण्डीथोकमा झाडीमा कपड़ाले घाँटीमा कसेर बेरेको अवस्थामा  नवजात शिशुको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा शंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिएकी गन्धर्वले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताएका छन ।