समाचार

ईपीएलमा आज भैरहवा र काठमाडौं भिड्दै



काठमाडौं,५ पौष । एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौं आज भिड्दै छ ।

साढे ११ बजे सुरु किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङस इलाभेनसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न मैदान उत्रदा मुस्तफाको कप्तानीमा रहेको काठमाडौं र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।