भक्तपुर, ५ पौष । राम चन्द्र प्रजापति । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न स्थानमा चोरी गर्ने छुट्टाछुटै समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले उक्त जानकारी गराएको हो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको घर समेत गरी ९ स्थानबाट सुन चांदीका गरगहना नगद चोरी गर्ने सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोमा काभ्रे तिमालका बिबेक भन्ने वाङदेन तामाङ, भुम्लुका बिकास भन्ने सुमन लामा, मोरङ्ग केराबारीका सन्तोस बिक, भारतीय नागरिक सचिन भन्ने बैभव बापुसो भोस, रामेछाप मन्थलीका राजु काफ्ले, लिखु तामाकोशीका दिनेश पौडेल, नारायण दाहाल, शिव फुयाल, भक्तपुर चाँगुनारायणका सुवास थापामगर, त्यही ठाउँका सुजन जाकिबन्जार र छालिङ्गका निरञ्जन लागेजु रहेका छन् ।
नगद तथा जिन्सी सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले चोर्न प्रयोग गरिएका ३ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । उनीहरुबाट चोरीमा प्रयोग हुने औजार समेत बरामद गरेको, गहना चोरी गर्ने ३ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट चोरी गर्ने गिरोहको साथबाट १९ लाख ५८ हजार ७ सय ५० नेपाली रुपैयाँ, २५ हजार ५ सय भारतीय रुपैयाँ नगदसहित ३ थान मोटरसाइकल, ५ थान मोवाइल, करिब साढे १६ तोला सुन, १ थान सुनको सिक्का र ४२ तोला चाँदी लगायतका सामान बरामद गरिएको महानगरिय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी गराउनु भयो।










प्रतिक्रिया दिनुहोस्