एजेन्सी, ६ पौष । स्पेनको दक्षिणी क्षेत्रमा डुङ्गा दुर्घटना हुदा १२ जनाको मृत्यु भएको छ।
अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै गरेको डुङ्गा दुर्घटना भइ २ महिला मध्ये एक जना गर्भबती र १० पुरुषको मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा परेको डुङ्गाबाट झण्डै ३३ जनालाई जिवितै उद्धार गरिएको छ भने १२ जना बेपत्ता भएको जनाइएको छ । दुर्घटनामा परेकाहरु आप्रवासी रहेको जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्