काठमाडौं, ८ पौष । आइतबार बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्