समाचार

सार्वजनिक बिदाको माग



काठमाडौँ, ८ पौष । राष्ट्रिय ख्रीष्टियन महासङ्घले डिसेम्बर २५ मा सार्वजनिक बिदाको गरेको छ ।

ख्रीष्टियन महासङ्घले बिदाको माग गर्दै बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपसम्म आज मोटरसाइकल ¥याली निकालेको छ ।

मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिनुपर्ने भन्दै नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने माग रहेको छ ।

नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ ।