Banner News

कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति : प्रम आली



काठमाडौँ, १० पौष । प्रधानमन्त्री केपी ओलीले नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै कुनै पनि धर्मममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको विद्यमान संविधानले प्रत्याभुति गरेको बताउनुभएको छ ।

क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको उल्लेख गर्नुभएको छ ।

“सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले क्रिसमसका अवसरमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।