काठमाडौं, १० पौष । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन मनाइँने आज ‘क्रिसमस डे’ । येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ ।
जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।
येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।
आज काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ ।
नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्