एजेन्सी, १० पौष । भारतले सफलतापूर्वक अग्नी–चार नामको परमाणु क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उक्त क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।
क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्