चितवन, १० पौष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने बताएका छन ।
चितवनमा मंगलबार आयोजित धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने साथै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्नु पर्ने बताए ।
राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउदै उनले भने, “जनताको आस्थालाई सम्मान गर्नुपर्छ, विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।”










प्रतिक्रिया दिनुहोस्