उपत्यका सहित देशका सबै भागमा चिसो बढ्दै छ । जाडो मौसममा स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । जाडो मौसममा दम तथा मुटुरोग विरामीले विशेष ध्यान राख्नुपर्दछ ।
ध्यान राख्नु पर्ने कुरा :
१. मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने ।
२. व्यायम गर्न परे घरभित्रै गर्ने ।
३. शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।
४. छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने ।
५. खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने
६. तेल तताएर पैतालामा विशेष मालिस गर्ने ।
७. विहानको घाममा बस्ने ।
८. शरीरमा बाक्ला कपडा लगाइ बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।
खाने कुरामा ध्यान राख्नु पर्ने कुरा :
१. गुन्द्रुकको झोल, गहतको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ ।
२. तातो पानी तथा तातो सुपहरू प्रसस्त खाने ।
३. कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।
४. ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।
५. मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।
६. लसुन तथा अदुवाले पनि फाइदा गर्छ ।
प्रतिक्रिया दिनुहोस्