दाङ, १२ पौष । दाङको घोराही उपमहानगरपालिकामा सगरमाथा सिमेन्ट प्रालिको निर्माणाधीन भवनमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको अनुसार भवनको ३५ मिटर माथि बिजुलीको तार सट भई आगलागी भएको र आगलागीबाट भवन बनाउन प्रयोग भएका प्लाई, विल्डिङ मेशिन, लगायतमा क्षति पुगेको जनाएको छ ।
आगलागी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्