समाचार

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन



काठमाडौं, १३ पौष । लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा उनको निधन भएको छ ।

भक्तपुरको चागुनारायण नगपालिकामा लामिछानेको शुक्रबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समय निमोनिया भएपछि उनको उपचार चलिरहेको थियो । लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित  रहेका छन् ।