एजेन्सी १३ पौष । सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन झडप हुँदा १९ जनाको मृत्यु भएको छ ।
खाद्य र इन्धनको चर्को मूल्यवृद्धिको विरोध हुँदा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप भई दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ ।
सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जनाइएको छ ।
उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्