Banner News

राष्ट्रपति भण्डारीद्वारा तमुल्होसारको अवसरमा शुभकामना



काठमाडौं, १५ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसारको अवसरमा सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना सन्देश दिनु भएको छ ।

‘मुलुकको सांस्कृतिक सम्पदा संरक्षण र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।’ साथै ‘तमुल्होसार जस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने छ ।’

तमुल्होसारले नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन भूमिका खेलेको राष्ट्रपतिको भनाइ छ ।