समाचार

काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री



काठमाडौँ, १६ पौष । सोमबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्य डिग्री पुगेको छ ।

महाशाखको रेकर्ड अनुसार सोमबार बिहान पौने नौ बजे उपत्यकाको तापक्रम यो वर्षको सबैभन्दा कम ०.५ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन गरिएको छ ।

विभागका अनुसार अझै केही दिन मौसम शून्य आसपासमै रहनेछ । उपत्यकाको तापक्रम अहिले घट्नुमा पश्चिमी उत्तरी हिमाली वायुको प्रभाव रहेको जनाइएका छ ।

गएको वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा यसवर्ष ० डिग्री सेल्सियसमा झरेको छ । चिसो धेरै भए पनि यो वर्ष हिउँदे वर्षा कम भएको छ ।