काठमाडौँ, १६ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको यकिन विवरण प्राप्त हुनासाथ रकम भुक्तानी दिइने बताउनुभएको छ ।
आज नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तानी हुन्छ, काम गरेको भुक्तानी दिन बजेटको अभाव छैन ।”
महासङ्घ अध्यक्ष रवी सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डा खतिवडाको ध्यानाकर्षण गराउनुहुँदै समस्या समाधानका लागि आग्रह गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्