राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन्।
जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण गरिने उक्त सडकमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा चिनियाँ र जापानी छ कम्पनीले बोलपत्र भरेको जानकारी सडक विभाग, वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखद केशवकुमार शर्माले दिए।
टेन्डर भरेका कम्पनीहरुको अहिले प्राविधिक मूल्यांकन भइरहेको उनले बताए। उक्त सुरुङमार्ग निर्माणका लािग नेपाल सरकार र जाइकासँग १६ अर्ब रुपैयाँको ऋण सम्झौताको समेत भइसकेको छ। जापानसँग ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लाग ऋण उपलब्ध गराउने सम्झौता भएको समाचार गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्