काठमाडौं, १७ पौष । नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०१९ सुरु भएको छ । नेपालमा पनि हर्सोल्लासका साथ विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।
सन् २०१८को अन्तिम दिन डिसेम्बर ३१ तारिखको समाप्तिसँगै सन् २०१८ को औपचारिक विदाई भई नयाँ वर्ष २०१९ सुरु भएको छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ ।
यो सम्वत् रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । साथै एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्