एजेन्सी, १७ पौष । चर्चित बलिउड अभिनेता कादर खानको ८१ वार्षको उमेरमा क्यानडामा निधन भएको छ।
क्यानेडियन समय बेलुकी ६ बजे खानको उपचारकै क्रममा अस्पतालमा निधन भएको खानका छोरा सर्फराजले बताएका छन् ।
श्वासप्रश्वासको समस्याबाट पीडित खानको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो । अभिनेता खानका सम्पूर्ण परिवार क्यानाडामै रहेकाले उनको अन्तिम संस्कार पनि यहीँ गरिने बताइएको छ।
अफगानिस्तानको कावुलमा जन्मिएका अभिनेता खानले राजेश खन्नाको दाग चलचित्रवाट डेव्यु गरेका थिए। खानले ३०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन्। उनले २५० भन्दा बढि चलचित्रको लागि संवाद समेत लेखेका छन्।
उनले धर्मबीर, गंगा जमूना स्वरस्वती, कूली, देश प्रेम, सुहाग, पर्भरिस, र अमर अकबर चलचित्र मनमोहन मिश्रसँगै गरेका थिए। त्यस्तै ज्वालामुखी, सराबी, लावारिस, मुकन्दरका सिकन्दर लगायतका चलचित्रमा प्रकाश मिश्रसँग काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस्