काठमाडौं, १९ पौष । आज विहान काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ भने न्युनतम तापक्रम शून्य डिग्री पुग्न सक्ने र अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपात हुने सम्भावना छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदलि रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।a










प्रतिक्रिया दिनुहोस्