रौतहट, २० पौष । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने बताएका छन ।
रौतहटको गौरमा सीसी क्यामेराको आज उद्घाटनमा बोल्दै उनले प्रहरीले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न अघि बढिरहेको भन्दै आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने बताएका हुन् ।
नराम्रो काम गर्नेहरु प्रहरीमै नरहने भन्दै केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब कर्मचारीलाई हटाउने कार्य पनि भएको बताका छन ।
अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताउदै उनले भने अपराधीले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्नेमा समेतजोड़ दिएका छन ।










प्रतिक्रिया दिनुहोस्