एजेन्सी, २१ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।
डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा गर्न सक्ने बताएका छन् ।
ट्रम्पले वर्षौंसम्म काम बन्द गर्न पनि आफू तयार रहेको चेतावनी दिएका हुन् । मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ट्रम्पले संसदमा माग गरेको बजेट विवादका कारण अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी भैसकेको छ ।
मेक्सिकोको सीमानामा पर्खाल बनाउन पाँच अरब अमेरिकी डलर बजेट माग गरिएको छ । बजेट संसदले पारित नगर्दा अमेरिकाका ८ लाख संघीय कर्मचारीले तलब समेत पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्