काठमाडौं, २२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् ।
आज आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जबाफ दिदै भने सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा बिभिन्न प्रश्न आएको भन्दै राम्रा कामप्रति सहन नसकेको र राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताएका छन ।
सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको रु कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०÷६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’ यसमा चित्त दुखाउनु नपर्ने बताउदै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारप्रति आफूले अनौठो व्यवहारको अनुभूति गरिरहेको बताउदै उनले भने ‘पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरिरहेको छु । सरकार के गर्दै छ पत्तो भएन भनेर प्रश्न उठाइयो । के गर्दै छ भनेर जवाफ दिन्छु । अनि प्रति प्रश्न आउँछ प्रम किन बोलेको ? बोल्न नहुने रहेछ क्यार भनेर फेरि चुप लाग्छु, अनि फेरि प्रश्न आउँछ खै जवाफ दिएको ? केही गर्न खोजिन्छ, सोधिन्छ त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने कुरै भयो ।’
प्रधानमन्त्री ओलीले आफूलाई कुनै तर्क र बहसमा रुची नरहेको बातउदै भने,‘मलाई कुनै तर्क र बहसमा रुची छैन । गर्नु पनि छैन’, उहाँले भन्नुभयो, ‘गर्नु छ त मुलुकको विकास, अब पनि यो देशको विकास नहुने हो भने कहिले गर्ने । हामीले पनि नगर्ने भए कसले गर्ने ?’










प्रतिक्रिया दिनुहोस्