काठमाडौं, २३ पौष । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव तयारी गर्न त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुलाई निर्देशन दिएको छ ।
आज त्रिविको विद्यार्थी कलयाणले विज्ञप्ति जारी गर्दै उपत्यका भित्र र बाहिरका क्याम्पसहरुमा स्ववियु चुनावको पूर्व तयारी गर्न निर्देशन जारी गरेको हो ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियू निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएकाले २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्व तयारी गर्न गराउनु हुन’ भनी जारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्