राजनीति

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त



काठमाडौं, २४ पौष । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ ।

निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएकोमा १२ जनाले आवेदन दिएका थिए ।