Banner News

तोकिएको समयमा कर्मचारी आफ्नो कार्यक्षेत्रमा नपुगे बर्खास्त : मन्त्री पण्डित



काठमाडौँ, २४ पौष । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको र ताकिएको समयमा कुनै पनि कर्मचारी आफ्नो कार्यक्षेत्रमा नपुगे स्वतः बर्खास्त गरी घर पठाइने चेतावनी दिनुभएको छ ।

मानव अधिकार सञ्चार प्रतिष्ठानले आयोजना गरेको स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन : साझा जिम्मेवारी समृद्धिको पहिचान, संघीयता, स्थानीय सरकार र प्रशासन विषयक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भन्नुभयो, ‘चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन, जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ ।’

उहाँले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्ट पाुर्नभएको छ । उहाँले फारम नभर्ने कर्मचारीलाई पिआईएसमा भएको विवरणको आधारमा नागरिकताको प्रमाणपत्रको आधारमा खटाउने समेत जानकारी गराउनुभयो । उहाँले अनुसाशनहिन र अराजक कर्मचारी देश नचाहिने बताउनुभएको छ ।