काठमाडौँ, २४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले गलत बाटो रोजेको भन्दै आगामी दिनमा देशको बैकल्पिक पार्टीको राष्ट्रिय प्रजातन्त्रिक पार्टी हुने दावि गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित उपत्यकास्तरीय पार्टीको भेलामा बोल्दै उहाँले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यकता नभएको दावी गर्नुभएको छ ।
अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको पनि बताउनु भयो । उहाँले विदेशीको दबाब र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्