समाचार

जलेर एक महिलाको मृत्यु



महोत्तरी, २५ पौष । महोत्तरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

एकडारा गाउँपालिका ५ बैरामा बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर २५ वर्षीया शान्तिदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साहको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको र आगलागीको कारण खुल्न नसकेको साथै अनुसन्धान जारी रहेको प्रहरीले   जनाएको छ ।