राजनीति

कांग्रेस दलाल र पूँजीपतिको पार्टी, विकासबाट अत्तिएर अनावश्यक हल्ला फैलायो : अध्यक्ष पौडेल



काठमाडौँ, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस दलाल र पूँजीपतिको पार्टी भएको बताउनुभएको छ ।

आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा भएको छलफलमा बर्तमान सरकारले देश र जनताको पक्षमा द्रुत गतिमा विकास र समृद्धिको पक्षमा काम गरेकाले कांग्रेस आत्तिएर सरकार विरोधी अनावश्यक हल्ला फैलाएको समेत बताउनुभयो ।

गुण्डा गर्दी, भ्रष्टचारी, दलाल तथा कुनै पनि कुराको कमिशन खान नपाउनेले बर्तमान सरकारले गरेको प्रगतिलाई विरोध गरेको बताउँदै अध्यक्ष पौडेलले तिललाई पहाड बनाउने कार्यको प्रत्यक्ष रुपमा आम नेपाली युवा तथा जनताले प्रत्यक्ष निगरानि गरिरहेको बताउनुभयो । जनताको साथ र सहयोगले नै सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउनेमा कुनै शंका नभएको दावि गर्नुभयो ।

सरकारले गुण्डा गर्दी, लागुऔषध नियन्त्रण, विभिन्न प्रकारका अपराधिक कृयाकलाप लगायतका कार्यहरुमा उल्लेख्य प्रगति गरिरहेको बताउँदै देशको आर्थिक बृद्धिदरलाई उच्च बनाएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले सामाजिक, धार्मिक, पर्यटकीय विकास गर्दै रेल मार्ग र जलमार्ग निकट भविष्यमा नै वर्तमान पिढिले देख्न र प्रयोग गर्न पाउनेमा सवैलाई ढुक्क हुन आग्रह समेत गर्नुभएको छ ।

उहाँले देशमा रहेका लाखौँ युवालाई आत्मनिर्भर, दक्षता, क्षमता अभिबृद्धिमूलक कार्यहरु अघि बढाएको बताउँदै सरकारले युवामैत्री कार्यहरु सृर्जना गर्नेमा सवैमा ढुक्क हुन आग्रह गर्नुभएको छ । आर्थिक बृद्धि तथा रोजगारीको व्यवस्था गर्न सरकारले विभिन्न शिर्षकमा सहुलिय दरमा ऋणको व्यवस्था गरेको र त्यसको लागु समेत भइसकेकाले क्रमिक रुपमा अबका दिनमा बेरोजगारीको अन्त्य हुने दावि गर्नुभयो । त्यसको साथ साथै कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा समेत आत्मनिर्भर बनाउन विभिन्न प्रकारका प्राविधिक कार्यहरु सरकारले अघि बढाएको जानकारी उहाँले गराउनुभयो ।

बर्तमान सरकारको जिम्मेवारी सुशासन र समृद्धि भएकाले यसको अभिभार पुरा गर्न आम नेपालीले सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि स्वार्थको लागि गरिएको हल्लाको पछि नेपाली जनता नलाग्ने बताउँदै अबका दिनमा युवा संघले गलत कार्यहरुको निगरानी गर्न शुरु गरेको समेत जानकारी गराउनुभयो । उहाँले सरकार गरेको राम्रो कामलाई साथ र सहयोग गर्दै नराम्रो कार्यको निगरानी गरिरहने बताउनुभयो ।