समाचार

भारतबाट चार नेपाली युवतीको उद्दार



वीरगञ्ज, २६ पौष । भारती रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरि माइती नेपालको जिम्मा लगाई दिएको छ ।

माइती नेपाल काठमाडौंले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टोली रक्सौल पुगी भारतीय प्रहरीको सहयोगमा रामगढवामा चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ ।

काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए ।

उनिहरुसग रहेका राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पहिला पनि मानव बेचविखन र ओसारपसार गतिविधिमा संलग्न रहेका व्यक्ति भएको बताइएको छ ।