समाचार

बुद्धको मुर्तिसहित एक जना पक्राउ



काठमाडौं, २९ पौष । प्रहरीले ३ वटा बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले क्राउ गरेको हो ।

मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताएका छन । पक्राउ परेका दिलबहादुरले झोलामा लुकाएर मुर्ती ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।