Banner News

वाइडबडी प्रकरणमा मलाई जोड्नु बद्नियतपूर्ण : सभापति देउवा



धनगडी, ३० पौष । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा आफुलाई जोड्नु बद्नियतपूर्ण भएको बताउनुभएको छ ।

सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवा उक्त वाइड बडी प्रकरणमा सवैभन्दा पहिले आवज उठाउने नै आफै भएको भन्दै सुनियोजित तवरले आफ्नो नाम जोडिएको बताउनुभयो ।

उहाँले निर्दोष व्यक्तिलाई दोषी बनाउने प्रयास गर्नु भ्रष्टचारलाई पस्रय दिने प्रयास भएको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो अनियमिततामा देउवासमेतको संलग्नताबारे चर्चा चलेका बेला ‘वाइडबडीमा अनियमितता विरुद्ध सुरुमा आवाज उठाउने म नै हुँ, ‘यति बेला आएर मलाई पनि जोड्नु अन्याय हो ।’

‘म प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी थियो । त्यसबेला मन्त्रीस्तरीय निर्णयसमेत भएको छैन । सचिवस्तरीय भएको भए मलाई जानकारी छैन,’ उनले भने, ‘ओली प्रधानमन्त्री भएकै बेला खरिद प्रक्रिया अघि बढेको हो ।’ ओली सरकारका पालमा ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी उपसमितिको गठन भएको उनले बताए ।

अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला वाइडबडी खरिदका अन्य प्रक्रिया अघि बढेको देउवाले जानकारी गराउनुभयो । पछिल्लो समयमा आएर आफ्नो संलग्नता रहेको भन्ने हल्ला बद्नियतपूर्ण रहेको बताउँदै देउवाले आर्थिक अनियमिततामा संलग्न जो सुकैलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।