भक्तपुर, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा रहेका विकृति र विसंगतिको विरुद्धमा जुधेर नै राम्रो कुराको बाटोमा हिड्न सकिने भएकाले त्यसको भूमिका मिडियामा रहेकाबताउनुभएको छ ।
भक्तपुरबाट प्रकाशित हुने समय समाज प्रकाशन प्रालिद्वारा सञ्चालित समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उहाँले देशको परिवर्तनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभयो ।
कुनै पनि काम गर्न मानिसमा जागरुक हुनुपर्ने भन्दै राम्रो कामलाई सम्मानित गर्न कुनै पनि संस्था मात्र नभई नेपाल सरकारले समेत सम्मानित गर्ने बताउनुभयो । राम्रो काम नै वर्तमान तथा भविष्यले समेत सम्झाने बताउनुभयो ।
दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उहाँले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकी ऐनले पत्रकारको घाँटी निमोट्ने गरी ल्याइएकोले अविलम्ब यसलाई सच्याउनुको कुनै विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो । गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्