सप्तरी, ३ माघ । सप्तरीमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहार गर्दा प्रहरी हवल्दार महेन्द्र चतरी यादव गम्भीर घाइते भएका छन् ।
सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति सवा आठ बजे गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरमा रहेको न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका मिलेट्री चिफ निशान थारुले कार्वाही स्वरुप गोली चलाएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्