समाचार

काठमाडौँमा पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ



काठमाडौँ, ३ माघ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४० सहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति ९ बजे प्रहरीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्धि तामाङ, रोशन गुरुङ, रमेश परियार, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, मिलन सिलवाल, पुष्प गुरुङ, श्याम श्रेष्ठ, जमिरदिन मियाँ र गणेश घले छन् ।