Banner News

गृहमन्त्री थापा र उत्तर कोरियाका राजदूत मेनबिच भेटवार्ता



काठमाडौं, ३ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनबिच शिष्टाचार भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको जनाएको छ ।

नेपालका लागि नयाँ राजदूतको रुपमा कार्यभार सम्हालेकोमा उनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका छन ।

राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिदै नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन गृहमन्त्री थापासँग आग्रह  समेत गरेका छन ।