समाचार

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या



कैलाली, ६ माघ । कैलालीको जानकी गाउँपालिका-७ गोलौरीमा एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

आज बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरि हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले बताएका छन ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।