दाङ, ६ माघ । दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई हिजो साँझ ६ बजे पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका रासकोटीबाट भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थान समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्