विश्व

भारतले अन्तरीक्षमा रोबोट पठाउने



एजेंसी, ६ माघ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने भएको छ ।

अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामाa कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने  उद्देश्य उनिहरुको नभएको भन्दै रोबोट पठाउने भएको हो  ।

बीबीसीका अनुसार  इसरो प्रमुखले अन्तरीक्षमा जनावर नपठाउने निर्णय सही रहेको बताएका छन् । अमेरिका र रुसले परीक्षणका लागि भन्दै अन्तरीक्षमा जनावर पठाउने समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधि अस्तित्वमा थिएन ।

मानव रोबोट पनि बनिसकेको थिएन । त्यसैले ती देशहरुले जनावरको ज्यान जोखिममा पारेर अन्तरीक्षमा पठाए । तर अहिले यस्तो परीक्षणका लागि अत्याधुनिक प्रविधिहरु रहेको हुँदा जनावरको साटो प्रविधिको सहारा लिन लागेको उनको भनाइ छ ।