रामेछाप, ६ माघ । रामेछापको मन्थली नजिकै मच्छेडाँडीमा आज मध्यान्ह बस दुर्घटना हुदा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।
ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा ओखलढुँगाको चंपादेवी गाउँपालिक-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा अन्य २० घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेहरुलाई मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्