काठमाडौं, ७ माघ । म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै ‘कलिङ भिसा’ लागेका कामदारको सबै खालका विवरण पेश गर्न सरकारले निर्देशन दिएको छ ।
व्यवसायीले मलेसियासँग श्रम समझदारी हुनपूर्व हजारौं कलिङ भिसा प्राप्त गरेका कामदार पनि रोकेर राखिएको भन्दै राजनीतिक लबिङ तीव्र बनाएका थिए ।
आज वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै कलिङ भिसा लागेका कामदारको सबै खालका विवरण पेश गर्न निर्देशन दिएको छ । व्यवसायीले यस्तो कामदारको संख्या ९ हजार २३४ रहेको दावी गर्दै आएका छन् ।
सरकारले कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिन सुरु गरेको छ । तर, त्यसका लागि दूतावासमार्फत प्रक्रिया पुरा गर्नुपर्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको तर्क छ ।










प्रतिक्रिया दिनुहोस्