सम्पादकीय

सञ्चारमन्त्री बास्कोटा विरुद्ध अवहेलना मुद्दा



नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्कोटा  र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री  र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो ।

पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

उक्त रिट विचाराधीन रहेकै अबस्थामा निर्देशनालयले कम रकम कबोल गर्ने अर्को देपुटा इन्टरनेशनल कम्पनीसँग सम्झौता गरेको दाबीसहित स्क्राप वाई फर्मले पुनः अर्को रिट निवेदन दायर गरेको थियो । यो समाचार आजको अन्नपूर्ण  पोस्ट् दैनिकमा छ ।