काठमाडौँ, १० माघ । १६ औं दिन अघि देखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी विरुद्ध काठमाडौँको माइतिघरमा हजारौंको संख्यामा युवा तथा विद्यार्थी सडकमा उत्रिएका छन् ।
डा. केसीको अनसनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै युवा विद्यार्थीले कांग्रेसको राजनीतिक भविष्यको दिनगन्ती समेत शुरु हुने बताएका छन् । आम नेपाली जनताले कांग्रेको सडक तथा सदनको गतिविधि नियाली रहेको बताउँदै कांग्रेसलाई जिम्मेवारी पूर्वक अघि बढ्न आग्रह समेत गरेका छन् । उनीहरुले जनताले तिरेको करबाट लिएको सेवा सुविधालाई दुरुपयोग गर्दै डा. केसी तथा कांग्रेसले सदन अवरुद्ध गरेको भन्दै आपत्ती जनाएका छन् ।
स्वतस्फुर्त रुपमा निस्किएको युवा तथा विद्यार्थीको जुलुशले सिटिइभिटी मास्न पाइदैन डा. गोविन्द केसिीको अनसन चाहिँदैन भन्ने मूख्य नारा बनाई माइतिघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका थिए ।
र्यालीमा रहभागि युवा तथा विद्यार्थीले आम नेपाली युवा तथा विद्यार्थीले आफ्नै देशमा प्राविधिक तथा डा. पढ्न पाउने नेपालीको अधिकारलाई कण्ठित गर्ने प्रकारको डा. केसीका माग कुनै पनि हालतमा सम्बोधन गर्नु नहुने बताएका छन् ।
उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका नेपाली युवा तथा विद्यार्थीको विरुद्धमा भएका डा. केसीका माग सम्बोधन भएमा नेपालले ठूलो मात्रामा आर्थिक क्षती तथा योग्य, दक्ष तथा क्षमतावान जनशक्ति गुमाउनु पर्ने अवस्था आउने भएकाले सरकार विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
डा. केसीको माग सम्बोधन भएमा लाखौं नेपाली अध्ययनको सिशसिलामा विदेशको भूमि रोज्न बाध्य हुनु पर्ने अवस्थाको सिर्जनाको नेतृत्व नगर्न डा. केसीलाई चुनौति समेत दिएका छन् । युवा तथा विद्यार्थीले कुनै एक राज्यका कर्मचारीले सिङ्गो राज्य तथा सरकारलाई चुनौति दिने कुनै पनि अधिकार नभएको समेत बताएका छन् । आम युवा तथा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजे युवा विद्यार्थी हातमा दही जमाएर नबस्ने समेत चेतावनी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्